३० चैत, काठमाडौं । कर छली गरेको पुष्टि भएपछि सुख्खा बन्दगाह भन्सार सिर्सियाले तिरुपति ग्लास कम्पनीलाई ६ करोड ५३ लाख रुपैयाँ जरिबाना गरेको छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि तिरुपति ग्लासलाई जरिबाना तिराएको हो ।
चैत २६ गते भन्सार ऐनअनुसार पाँच सय प्रतिशत कम्पनीलाई जरिवानाको निर्णय भएको भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलले जानकारी दिए ।
भन्सार घोषणामा चार एमएम भनिएको ग्लास छड्के जाँचको क्रममा पाँच एमएमको भेटिएको थियो भने घोषणामा ११ हजार १६ स्क्वायर मिटर भनिएको सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको थियो ।
बालाजी ग्लासले यस अघि यसैगरी भन्सार छली गरेको विषयमा अनुसन्धान हुँदै जाँदा तिरुपति पनि छानबिनको दायारमा परेको थियो । भन्सार जाँच पास भएर १९ लाख २२ हजार राजश्वसमेत तिरीसकेपछि भन्सारले पुनः तिरुपतिको माल वस्तु जाँच गरेको भन्सार कार्यालयले जनाएको छ ।