मोरङ, चैत्र-३० गते । मोरङ लेटाङ ९ का ४५ बर्षीय रबिन्द्र कुमार लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गत राती साढे १२ बजे लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
करेन्ट लागी मृत्यु
मोरङ, चैत्र- ३० गते । मोरङ सुन्दरहरैचा ७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ । आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline