चैत्र २९ ईटहरी । सुुनसरीको ईटहरी उपमहानगरपालिका २० आपगाछीमा टिफरले ठक्कर दिदा एक बृद्धको मृत्यु भएको छ ।
तेह्रथुम घर भई हाल ईटहरी २० आपगाछी बस्ने ८२ वर्षे कर्ण बहादुर गुरुगंलाई सडकमा निस्किएका बेला टिफरले ठक्कर दिदा उनको ज्यान गएको हो । उनको शब क्षत विक्षत अवस्थामा रहेको छ ।
अहिले स्थानीयवसीले सडकमा भेला भएर बिरोध गरीरहेका छन् । ती वृद्धलाई ठक्कर दिएर टिफर फरार भएको थियो । मृतक गुरुगं भारतीय सेनाका सेवा निवृत व्यक्ति हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline