नेपाली काँग्रेसले सरकार गठन र महाधिवेशनका बारेमा छलफल गर्न पदाधीकारीको बैठक बोलाएको छ ।
सभापति देउवाले आज दिउसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकमा भोलीदेखि शुरु हुने पाटी केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डाका बारेमा समेत छलफल हुने जनाईएको छ ।
कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ।
अहिलेसम्म ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन्। बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस छ।
गत शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्न आग्रह गरेका थिए। जसपाले पार्टीमा छलफल गर्न भन्दै समय मागेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline