राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

  • शनिबार, चैत्र २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

फुङ्लिङ, २८ चैत।  ताप्लेजुङको तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता खेल आज सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा छनोट प्रतियोगिता सम्पन्न भएको खेलकूद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरेक पालिकाबाट भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो खेलका लागि दुई–दुईवटा विद्यालय छनोट भएका छन् । छनोट प्रतियोगिता जारी रहेको बाँकी छवटा पालिकाको खेल यही चैत ३० गते सम्पन्न हुने पौडेलले जानकारी दिनुभयो । त्यस्तै जिल्लास्तरीय प्रतियोगिता भने आगामी वैशाख २ गतेदेखि भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ