काठमाडौं, चैत २४ । नेकपा एमालेका नेता माधव कुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिकन अगाडी बढ्न आग्रह गरेका छन् ।
मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा आत्तिनु नपर्ने बताए ।
आफ्नो पक्षमा रहेका सबै नेता कार्यकर्तालाई अलपत्र पर्न नदिने भन्दै उनले एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्याई छाडने दाबी गरे ।
आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि नेपालको दाबी छ ।
अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको उनको आरोप छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline