चैत्र २३ काठमाण्डौं । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न गएका कर्मचारीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
हिजो साँझ ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो।
बाघको आक्रमणमा परी ज्यान गुमाउनेमा गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारू छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार पुलिसराम हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनीमाथि आक्रमण गरेको थियो। उनलाई बाघले आक्रमण गरी घिसारेर लगेको थियो ।
मान्छेमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिईएको छ । यस अघि गैँडा गणना गर्न गएका कर्मचारीमाथि चितवनको ध्रवे हात्तीले पनि आक्रमण गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline