महासंघको प्रदेश प्रमुखमा थापा निर्वाचित

महासंघको प्रदेश प्रमुखमा थापा निर्वाचित

  • सोमवार, चैत्र २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

झापा । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश प्रमुखमा झापाका शंकर थापा निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट उक्त जनवर्गीय संगठनले शनिबार काठमाडौंको बानेश्वरमा आयोजना गरेको राष्ट्रिय भेलाले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

महासंघ केन्द्रको भेलाबाट निर्वाचित थापा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत हुन् ।

सो भेलाले महासंघका संस्थापक अध्यक्ष समेत रहेका पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पुनस् अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यस्तै, उक्त भेलाबाट महासंघका संस्थापक प्रथम उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव केशवकुमार विष्ट पुनस् प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । सुनसरीका विष्टले महासंघको १ नं. प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, भेलाबाट केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेशको सह इञ्चार्जमा रविन नगरकोटी निर्वाचित भए । मोरङका उनी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुन् ।

यस्तै, भेलाले केन्द्रीय सचिवालय सदस्य तथा झापा जिल्ला इञ्चार्जमा धर्मराज शिवाकोटी, केन्द्रीय सदस्य तथा झापा जिल्ला सह इञ्चार्जमा अर्जुन मेचे र केन्द्रीय सदस्यमा झापाका उमेश चौंलागाईंलाई निर्वाचित गरेको छ ।

भेलाले केन्द्रीय सदस्य तथा इलाम इञ्चार्जमा कुमारी राई, केन्द्रीय सदस्य तथा इलाम सह इञ्चार्जमा शिला श्रेष्ठ, केन्द्रीय सदस्य तथा पाँचथर इञ्चार्जमा सुरेश साहलाई निर्वाचित गरेको छ ।

सो भेलाबाट निर्वाचित महासंघका केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख स्वयम्भुराज डंगोलका अनुसार पुनर्गठित १८४ सदस्यीय केन्द्रीय कमिटीको कार्यकाल ४ वर्षे अवधिको हुनेछ । भेलाले सातैवटा प्रदेशका लागि महासंघको प्रमुख, इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ ।

त्यसअघि शुक्रबार महासंघले “खेलकुद क्षेत्रमा लगानी बढाऔं, असल खेल संस्कृतिको विकास गरौं” भन्ने मूल उद्घोषका साथ विशेष राष्ट्रिय भेला सम्पन्न गरेको थियो ।

काठमाडौंको कीर्तिपुरस्थित अडिटोरियम हलमा आयोजित उक्त भेलाको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि थिए । त्यस्तै, बन्द सत्रको प्रमुख अतिथि पूर्व मन्त्री तथा नेकपा एमाले नेता गोकर्ण विष्ट प्रमुख अतिथि थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ