पेट्रोलियम पदार्थको मुल्यमा पुनः वृद्धि, पेट्रोल प्रतिलिटिर १२० पुग्यो

पेट्रोलियम पदार्थको मुल्यमा पुनः वृद्धि, पेट्रोल प्रतिलिटिर १२० पुग्यो

  • आइतवार, चैत्र २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

चैत्र २२ काठमाण्डौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि निरन्तर भईरहेका कारण नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल र डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजलरमट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो ।

बढेको मुल्य आइतबार राति १२ बजेबाट लागू हुने छ । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ