ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविस्वासको प्रस्ताव दर्ता गर्ने

ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविस्वासको प्रस्ताव दर्ता गर्ने

  • शनिबार, चैत्र २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

चैत्र २१ काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने स्पष्ट गरेका छन् ।
नेपाली कांग्रेस नुवाकोटद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई अविस्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने दाबी गरे । ओलीलाई नहटाउने हो भने लोकतन्त्र नै खतरामा पर्ने पौडेलको दाबी छ ।
सरकारबाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनस्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनले बताए ।
पौडेलले अब काँग्रेसकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरे ।
काँग्रेसले हिजो मात्रै औपचारीक रुपमा प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ