५७ अर्ब लगानीमा, देशभर १६५ वटा निर्वाचन क्षेत्रमा २२ सय किलोमिटर बढीको सडक प्रधानमन्त्रीद्धारा सिलन्यास

५७ अर्ब लगानीमा, देशभर १६५ वटा निर्वाचन क्षेत्रमा २२ सय किलोमिटर बढीको सडक प्रधानमन्त्रीद्धारा सिलन्यास

  • शनिबार, चैत्र २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

चैत्र २१ काठमाडौँ । नेपालको हरेक निर्वाचन क्षेत्रमा एक एक वटा महत्वपूर्ण सडक बन्ने भएको छ । सो १६५ वटा सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै स्वीच थिचेर शिलन्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारबाटै १६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् ।
हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने लक्ष्य राखिएको छ ।
५७ अर्ब १० करोड लागतमा बन्ने ती सडकको कुल लम्बाई २ हजार २ सय १० किलोमिटर रहेको छ ।
सो सडकको सिलन्यास गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार देश बनाउन लागि परेको बताए ।
उनले १६५ वटा बाटोको एकै पटक सिलन्यास भएको भन्दै तीन वर्षमा सक्ने गरी यो आयोजना अघि बढेको पनि बताए ।
शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा पनि यसै गरी भईरहेको प्रधानमन्त्रीको भनाई छ ।
सबै निर्वाचन क्षेत्रमा पनि औद्योगिक क्षेत्र स्थापनाको काम पनि अघि बढेको प्रधानमन्त्रीले बताए ।
अहिले विकास विरोधी तत्वहरुले ठाँउ ठाँउमा व्यवधान खडा गर्न खोजेको भन्दै सरकार पछि नहटी विकासको कामलाई अगाडी बढाउन तयार रहेको बताए ।
उनले प्रत्यक पालिकामा औद्योगिक ग्रामहरु बनाउने योजना रहेको पनि बताए ।
विकाससँगै वातावरण स्वच्छ राख्ने कुरामा पनि सरकारले ध्यान दिएर अघि बढेको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ