काठमाडौं चैत्र २१ । सरकारले देशका सबै निर्वाचन क्षेत्रमा एक एक वटा सडक बनाउने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण गर्न लागिएको हो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा सडकको शिलान्यास गर्ने गर्नेछन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारस्थित निवासबाटै स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने तय भएको हो ।
हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline