माधव समुहले गतिविधि अघि बढाए पछि ओली थप आक्रामकः भुषाल र पाण्डेलाई पनि निलम्वन

माधव समुहले गतिविधि अघि बढाए पछि ओली थप आक्रामकः भुषाल र पाण्डेलाई पनि निलम्वन

  • बिहिबार, चैत्र १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

चैत्र १९ काठमाण्डौं । कार्बाहीमा परेका माधव कुमार नेपालले समानान्तर गतिविधि गतिविधि गरे पछि एमाले अध्यक्ष ओली थप आक्राम बनेका छन् । यस क्रममा ओलीले आज माधव समुहका नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि कार्बाही गरेका छन् । नेपाल र भीम रावललाई जस्तै भुषाल र पाण्डेमाथि पनि ६ महिना साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । यसले एमाले भित्र थप विवाद बढ्ने संकेत देखिएको छ ।

एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जवाफ दिएका थिएनन् ।

फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिए पछि उनीहरुले त्यसको जवाफ १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै एमालेले कारबाही गर्ने निर्णय गरेको हो ।

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय गरेपछि नेपाल समूहले पनि समानान्तर कमिटी गठन थालेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ