पारलैङ्गिक दृश्यताको अन्तराष्ट्रिय दिवश मनाईयो

पारलैङ्गिक दृश्यताको अन्तराष्ट्रिय दिवश मनाईयो

  • बुधबार, चैत्र १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

विराटनगर, १८ चैत । आज पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरि विश्वभर मनाईएको छ । प्रत्येक वर्ष मार्च ३१ ताखिको दिन पारलैङ्घिक दृश्यताको अन्तराष्ट्रिय दिवश मनाउने गरिन्छ । नेपालमा सन् २०१९ यो दिवश मनाउन सुरु गरिएको हो ।
पारलैङ्गिक (ट्रान्सजेन्डर) ब्याक्तिहरु वारे जनचेतना फैलाउन र पारलैङ्घिक ब्याक्ति तथा आन्दोलनका उपलब्धीहरुको उत्सवका रुपमा यो दिवश मनाउन थालिएको हो । यो दिवश सन् २००९ मा अमेरिकी पारलैङ्गिक अधिकारकर्मी रचेल क्रेन्डलद्धारा सुरुवात गरिएको थियो । हाल विश्वव्यापी मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघले जारि गरेको तथ्यपत्र अनुसार जन्मदा इङ्घित गरिएको लैङ्गिक ता फरक लैङ्गिक पहिचान भएका ब्याक्तिहरु पारलैङ्घिक (ट्रान्सजेन्डर) ब्याक्तिहरु हुन् । कुनै पनि शिशु जन्मदा योनाङ्घको आधारमा यसलाई जन्मदा इंगित गरिएको लैङ्गिक ता भनिन्छ । लैङ्गिक पहिचान भन्नाले हरेक ब्याक्तिको भित्री मन वा अन्तरात्माबाट आफ्नो लैङ्गिकता सम्बन्धीको ब्याक्तिगत अनुभुती भनि बुझिन्छ । पारलैङ्गिक महिलाहरु ती महिला हुन् जसलाई जन्मदा योनाङ्घको आधारमा वालक भनि इङ्घित गरिएको थियो । पारलैङ्गिक पुरुषहरु ती पुरुषहरु हुन् जसलाई जन्मदा यौनाङ्घको आधारमा वालिका भनी इङ्घित गरिएको थियो । पारलैङ्गिक महिला तथा पुरुषहरु आफुलाई महिला वा पुरुष नै भनेर चिनाउंछन् वा पहिचान गछन् । यो महिला पुरुष भन्दा भिन्न हुं भनेर चिनाउने तेश्रोलिङ्घी पहिचान भन्दा फरक छ ।

सन् २०२० मा त क्वयेर युथ ग्रुप ले संगठित रुपमा पारलैङ्गिक मागपत्र पनि जारी गरेका थिए । नेपालमा पारलैङ्गिक हरुको यसरी राष्ट्रिय तवरमा नै पैरवी र नितिगत सचेतनाका लागि यस सात बुँदे मागपत्रको ठूलो भूमिका छ ।

सन् २०२० मा यसै दिवसको उपलक्ष्य पारी राष्ट्रिय पारलैङ्गिक मागपत्र जारी गरिएको हो , जसमा पारलैङ्गिक व्यक्ती तथा समूहहरूले आफ्नो लैङ्गिक पहिचानको कानूनी मान्यताको माग गरेका छन् । पारलैङ्गिक महिलाहरूले (महिला) र पारलैङ्गिक पुरुषहरूले (पुरुष) उल्लेख गर्न पाउनुपर्ने लगायत वैयक्तिक लैङ्गिक इतिहासमा गोपनीयता लगायतका विषयहरू समेत उठाइएका छन् ।
यस वर्षको यस पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस १२औं श्रृखला हो । अन्तराष्ट्रिय रुपमा यस कार्यक्रमको आयोजना गर्ने संस्था टिएसईआरले कोभिड संक्रमण जोखिमका कारणले यस वर्ष औपचारीक कार्यक्रमहरु आयोजना गरिएन ।

स्रोतः जिल्ला श्वाश्थ्य कार्यलय मोरङ प्रदेश नं १

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ