प्रतिनिधि सभाको बैठक आज बस्ने

प्रतिनिधि सभाको बैठक आज बस्ने

  • बुधबार, चैत्र १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बुधबार दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्नेछ। बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छन्।
साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन्। विभिन्न समितिका सभापतिले वार्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सरकारले बिजनेश नदिएको आरोप छ। संसदलाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानी पनि गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ