साउन १ गतेदेखि बृद्धा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

साउन १ गतेदेखि बृद्धा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

  • मङ्लबार, चैत्र १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

चैत्र १७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रै काम गरेको दाबी गरे ।

सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम गर्‍यौं,’ ओलीले भने, ‘अरु पनि सामाजिक सुरक्षाका कामहरु गर्दै जान्छौं । अब पनि साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ नै ।’‘अब कसैलाई आपत्ति लाग्ला । बुढाबुढी पनि हेर्न थाल्यो, अपाङ हेर्न थाल्यो । यो सरकार छिटो हटाउनुपर्‍यो । मान्छेहरुलाई भरैबाट यो छटपटी हुन्छ । निद्रा लाग्दैन,’ ओलीले भने ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्षा गर्दै देशलाई नभएर नेपाल र प्रचण्डलाई संकट परेको ठोकुवा गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ