नेपालले जीत्यो थ्री नेसन्स कपको उपाधीः सञ्जोग राई र विशाल राईको उत्कृष्ट गोल

नेपालले जीत्यो थ्री नेसन्स कपको उपाधीः सञ्जोग राई र विशाल राईको उत्कृष्ट गोल

  • सोमवार, चैत्र १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

चैत्र १६ काठमाण्डौं । नेपालले राजधानीमा सम्पन्न थ्री नेसन्स कपको उपाधी जीतेको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालले २–१ गोल अन्तरले बिजयी बनेको हो । नेपालका लागि सञ्जोग राईले १८ औं मिनेट र ४१ औं मिनेटमा बिशाल राईले गरेको गोल निर्णायक बन्यो ।
आज नेपालले शुरु देखिनै बंगलादेशलाई दबाबमा राखे पनि दोस्रो हाफ्को अन्त्यतिर एक गोल गर्दै बंगलादेश खेलमा फर्कने प्रयास गरेको थियो । त्यस पछि केही दबाबमा आएको नेपालले संयमता अपनाएको थियो ।
समुह चरणमा नेपालले कीर्गिस्तान र बंगलादेशसँगै गोल रहित बराबरी खेलेको थियो ।
३७ वर्ष पछि पहिलो पटक नेपालले दशरथ रंगशालामा आधिकारीक प्रतियोगीताको उपाधी उचाल्न सफल भएको छ । सन् १९९९ मा नेपालले दशरथ रंगशालामा उपाधी उचालेयता कुनै पनि उपाधी हासिल गर्न सकेको थिएन ।
आजैबाट नेपाली टोलीका भरपर्दा रक्षक विराज महर्जनले अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।
आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहितका मन्त्रीहरु पनि रंगशाला पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ