थ्री नेसन्स कप फाईनलः गोलको खडेरी तोड्दै नेपालले लियो दुई गोलको अग्रता

थ्री नेसन्स कप फाईनलः गोलको खडेरी तोड्दै नेपालले लियो दुई गोलको अग्रता

  • सोमवार, चैत्र १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

चैत्र १६ काठमाण्डौं । नेपालले लामो समयदेखिको गोलको खडेरी तोड्दै राजधानीमा जारी थ्री नेसन्स कप फुटवलको फाईनलमा बंगलादेश बिरुद्ध २–० गोलको अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गर्दे नेपालको अग्रता बनाएका हुन् ।
सुनिल बलले प्रहार गरेको कर्नर बल रिबाउन्ड हुँदा सन्जोगले सजिलै गोलमा परिणत गर्न सफल भएका थिए । त्यस पछि खेलको ४१ औं मिनेटमा बिशाल राईले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका छन् ।
अहिले पनि नेपालले बंगलादेशमाथि निकै प्रेसर दिएर खेलिरहेको छ । समुह चरणको खेलमा नेपालले बंगलादेश र कीर्गिस्तान दुबै देश बिरुद्ध गोल गर्न सकेको थिएन ।
आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ