चीनले अनुदानमा दिएको ८ लाख कोरोनाको खोप आज आउदै

चीनले अनुदानमा दिएको ८ लाख कोरोनाको खोप आज आउदै

  • सोमवार, चैत्र १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 30.3K
    SHARES

चैत्र १६ काठमाण्डौं । चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाको खोप आिज काठमाण्डौ आईपुग्ने भएको छ । नेपाल वायु सेवा निगमको जहाज मार्फत यो खोप आईपुग्नेछ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ गएको थियो।
आज राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खोप लिएर आएको निगमको जहाज अवतरण गर्नेछ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडाँै–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ