चैत्र १४ चितवन । चितवनमा आज साँझ बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै स्कुटरमा सवार थिए ।
दुर्घटनामा भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । ना ४० प ७०८२ नम्बरको स्कुटर मोहनले चलाएका थिए ।
स्कुटरविपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएर घाईते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याईए पनि उनीहरुको मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline