चैत्र १४ काठमाण्डौं । नेपाली फुटवल टोलीले उत्कृष्ट खेल पस्कने तर गोल नगर्ने समस्या पुनः दोहोरिएको छ । आज बंगलादेश बिरुद्धको खेलमा पनि नेपालले बल नियन्त्रणमा लिएर आक्रामक खेल्यो तर कुनै पनि गोल गर्न सकेन ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले सुनौला अवसर प्राप्त गरे पनि गोल गर्न सकेन । यस अघि कीर्गिस्तानसँग पनि नेपालले गोल रहित बराबरी खेलेको थियो । दुबै खेलमा बराबरीका बाबजुद नेपाली टिम फाईनलमा भने प्रवेश गरेको छ । उपाधी जीत्ने दाबी गरेको नेपालले बंगलादेश बिरुद्ध लगातार तेस्रो खेलमा गोल गर्न सकेन ।
अब फाईनलमा सोमबार साँझ उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline