वीरगन्ज १६ नगवामा स्थानिय कोभिडबाट सुरक्षित हुदै भव्य र सव्य रुपमा होली मनाउँन प्रतिबद्ध

वीरगन्ज १६ नगवामा स्थानिय कोभिडबाट सुरक्षित हुदै भव्य र सव्य रुपमा होली मनाउँन प्रतिबद्ध

  • शुक्रबार, चैत्र १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

वीरगन्ज १३ चैत्र । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट सुरक्षित हुदै भव्य र सव्य रुपमा होली पर्व मनाउँन वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका स्थानिय राजनितिक दलका अगुवा, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी, महिला अगुवा सहमत भएका छन ।

ईलाका प्रहरी कार्यालय नगवाका प्रमुख प्रहरी नायब निरिक्षक गौरिशंकर साहको अगुवाईमा प्रहरी कार्यालयमा आयोजना गरिएको सर्वपक्षिय भेलामा सहभागिहरुले हिन्दु धर्मावलम्बीहरुको पवित्र पर्वको रुपमा रहेको होली ( फागु पूर्णिमा ) भव्य र सव्य रुपमा सुरक्षाको मापदण्ड अपनाई मनाउँने निर्णय गरेका हुन । वडामा हुने अवान्छीत गतिविधि नियन्त्रण गर्न, अत्याधिक मदिरा सेवन गरी हो हल्ला गर्नेलाई नियन्त्रण गर्ने, हेलमेट नलगाई सवारी साधन चलाउँनेलार्ई, होलीको बहानामा भोजपुरी अश्लिल गित बनाउँनेलाई नियन्त्रण गरी कारवाही गर्ने भेलाले निर्णय समेत गरेको छ । भेलामा स्थानिय अगुवा नेता अशोक पटेलले चाडपर्वकै बहानामा कालोबजारी गरी उपभोक्तालाई ठगि गर्ने उपर निगरानी बढाउँन प्रहरी प्रशासनलाई आग्रह समेत गरेका छन । हिन्दुहरुकै चाडपर्वको आडमा यहाँका मासु व्यवसायीले मनोमानी ढंगले दररेट बढाई उपभोक्ता गर्ने गरेका हुनाले यस्ता मासु व्यवसायलाई नियन्त्रणमा लिई कडा कारवाही गर्नुपर्ने माग गरे ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता समिति, जिल्ला प्रहरी कार्यालय लगायतको सम्बन्धीत निकायले नै खसीको मासु प्रति केजी १ हजारको दरले विक्री वितरण गर्ने दररेट तोकिसकेको छ, तर अनुगमन नभएपछि मासु व्यवसायीहरुले आफनो मनोपोली दररेट तोकी उपभोक्ता ठग्ने गरेका हुनाले समयमै उनीहरुलाई सचेत गराउँन आग्रह गरे । उनले समाजमा रहेका तेश्रो लिंगीहरुले अर्धनग्न घुमि समाजमा विकृती फैलाउँने, रातीराती बाईपास रोडमा घुमी आमसर्वसाधारणको सरसमान खोस्ने, चालक, सह चालक तथा राती कामबाट फर्कने युवाहरुलाई समेत आफनो झासामा लिई अनैतिक कार्य गराउँने गरेका हुनाले यस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न सुझाव समेत दिए । कार्यक्रममा बौद्धिमाई विकास क्षेत्रका अध्यक्ष रामाधार चौरसियाले सार्वजनिक ठाउँमा हो हल्ला गर्ने, कसैको ईच्छाविपरित रंग अविर लगाए, अत्याधिक मदिरा सेवन गरी झै झगडा गर्ने र २५ जना भन्दा बढी भेला हुने व्यक्तिलाई कडा कारवाही गर्न ईलाका प्रहरी कार्यालयलाई सुझाव समेत दिए । भेलामा प्रहरी नायब निरिक्षक साहले, वडामा शान्ति सुरक्षा कायम गराउँन स्थानियको सहयोग अपरिहार्य रहेको बताए । उनले भने, टोल समाजमा शान्ति सुव्यवस्था कायम गराउँन आफू प्रतिबद्ध रहेको बताउँदै स्थानियको सहयोग सहकार्य पाए थप काम गर्ने उर्जा मिल्ने बताउँदै अवान्छीत गतिविधि हुन नदिन वाचा गरे । होली पर्व हाम्रो आस्था र संस्कृति संग जोडिएको छ, उनले भने, ‘संस्कृति बचाउँनको लागि होली पर्व मनाउँनु पर्छ तर अहिले कोरोना कालको परिस्थिती रहेको हुनाले आफू र आफनो टोल छिमेकलाई सुरक्षीत राखेर होली पर्व मनाउँ, ज्यान जोगियो भने, आउँने दिनमा पूर्ण भव्य रुपमा यो पर्व मनाउँन सकिन्छ ।’

भेलामा वडा समितिका निलम्बीत अध्यक्ष श्यामबाबु चौरसिया, वडा सदस्य विजय साह, कृष्ण कुशवाहा, राजनितिक दलका स्थानिय अगुवा बाबुनन्द चौरसिया, रविन्द्र श्रीवास्तव, विनोद चौरसिया, देवनाथ चौरसिया, मुन्ना साह, प्रभु साह, शिव गुप्ता, अरुण यादव, मुसाफिर मियाँ लगायतले वडाको शान्तिसुरक्षा कायम गराउँन प्रतिबद्धता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ