महिला अधिकारको पक्षमा भृकुटीमण्डप भेलाको सन्देश

महिला अधिकारको पक्षमा भृकुटीमण्डप भेलाको सन्देश

  • बिहिबार, चैत्र १२, २०७७
  • सबिता खड्का (सानुमैयाँ)

  • 10.2K
    SHARES

मार्च ८ अर्थात १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर अखिल नेपाल महिला संघले २० औँ हजार महिलाहरुको उपस्थितिमा काठमाण्डौको भृकुटीमण्डपमा राष्ट्रिय महिला भेला सम्पन्न गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलन तीव्र धु्रविकरण भैरहेकोवेला अनेमसंघद्धारा आयोजना गरिएको यो भेलालाई इतिहासकै सवैभन्दा ठुलो भेलाकोरुपमा टीप्पणी गरिएको छ । संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ भन्ने नाराकासाथ सम्पन्न उक्त भेला महिलाहरुको उपस्थितिका हिसावले, महिलाहरुमा देखिएको राजनीतिक जागरण, सचेतना र उत्साहका हिसावले, र वर्तमान बदलिएको राजनीतिक सन्दर्भमा महिलाद्धारा प्रदर्शन गरिएको राजनीतिक शक्ति र सन्देशका हिसावले यो भेलालाई ऐतिहासिक र दुरगामी महत्व बोकेको भेलाको रुपमा चित्रण गरिएको छ ।
नेपालको इतिहासमा महिला आन्दोलनको आफनै विरासत छ । महिला आान्दोलनको इतिहास हेर्ने हो भने भोजपुर सिम्लेकी योगमायाले राज्यबाट महिलाहरुप्रति गरिएको भेदभावका विरुद्ध धार्मिक राज्य (सुशासन) को माग राखि महिलाहरुको अधिकारको पक्षमा लडेकी थिईन । तत्कालिन शासकहरुले उनको माग नसुनेपछि व पुरा नगरेपछि उनका सहयात्री र समर्थक सहित अरुण नदीमा हाम फालेर महिला अधिकारका पक्षमा आफनो देह त्याग गरेको इतिहास हाम्रो अगाडी साक्षी छ । तर यो यो माग महिला अधिकारका पक्षमा भएपनि यसको आधार वा माध्यम धर्म थियो । यसको निकै लामो समयपछि मात्रै अर्थात २००७ सालदेखि भने नेपाली महिला आन्दोलनले राजनीतिक, आर्थिकरुपमा आफनो स्वरुप बदलेकोे थियो ।

समाजमा सामाजिक विकृति र कलङककारुपमा रहेका छाउपडी, बोक्सीदेखि आर्थिक र सामाजिक असमानताहरुलाई न्यूनिकरण र निर्मुल गर्ने काममा अनेमसंघले खेलेको भुमिका महत्वपुर्ण छ । तर त्यसको व्यवहारिक कार्यान्व्यनमा अझै पुर्णता आइसकेको छैन ।

२००७ साल पछाडी नेपालको महिला आन्दोलन मुख्यत सामाजिक, साँस्कृतिक, आर्थिक र राजीतिक समानता, समता र अवसरहरुमा केन्द्रीत रहेको छ । २००७ सालको परिवर्तनमा होस् वा २०४६ सालको राजनीतिक परिवर्तनमा होस्, वा त्यो २०६२/६३ को परिवर्तनमा होस्, । यी हरेक परिवर्तनका आन्दोलनहरुमा महिलाहरुले सड्कदेखि संसदसम्म महत्वपुर्ण भुमिका निर्वाह गरेको इतिहास छ । महिला मन्त्रालयको स्थापना, महिला आयोगको स्थापना, राज्य र पार्टीका हरेक संरचनामाहरुमा संवैधानिकरुपले ३३ प्रतिशत महिलाहरुको सहभागितालाई सुनिश्चित गर्ने कुरा नेपाली महिला आन्दोलनका महत्वपुर्ण उपलव्धीकारुपमा लिन सकिन्छ । आज स्थानीय तहदेखि संघीय संसद र सरकारमा महिलाहरुको जुन सहभागिता र सक्रियता छ । ती महिला आन्दोलनका उपलव्धीहरु हुन ।
यी उपलव्धीहरु प्राप्तीकालागि संगठनका हिसावले नेपाली महिला आन्दोलनको सवैभन्दा ठुलो संगठन अखिल नेपाल महिला संघको योगदान अग्रणी स्थानमा रहेको छ । महिला अधिकारका क्षेत्रमा स्थापित र सुनिश्चित गरिएका हक र अधिकारहरु स्थापित गर्ने काममा होस् वा त्यसको कार्यान्वयनका लागि होस् । यो संगठन आन्दोलनका हरेका मोर्चाहरु संर्घष गरिरहको छ । समाजमा सामाजिक विकृति र कलङककारुपमा रहेका छाउपडी, बोक्सीदेखि आर्थिक र सामाजिक असमानताहरुलाई न्यूनिकरण र निर्मुल गर्ने काममा अनेमसंघले खेलेको भुमिका महत्वपुर्ण छ । तर त्यसको व्यवहारिक कार्यान्व्यनमा अझै पुर्णता आइसकेको छैन । त्यसको पुर्ण कार्यान्वयन नै अहिलेको महिला आन्दोलनको चुनौति र प्रमुख प्राथमीकताको क्षेत्र बन्न सक्नुपर्दछ भन्ने सन्देश हामी सवै नेपाली महिलाहरुको हुनुपर्दछ र त्यही सन्देश भृकुटीमण्डपको महिला भेलाले दिन सफल भएको छ ।

आफनो घरमा आगो झोस्ने र आफनो नेताको अपमान गर्दै अरुको सेवा गर्ने मानिसहरु अहिले काजमा घर फर्कने तयारीमा छन । तर उनीहरुले भोली आफनो घरमा फेरी आगो लगाउदैनन् भन्ने कुरा अहिले नै आँकलन गर्न सकिदैन ।

अहिले नेपालको कम्युनिष्ट आन्दोलन ध्रुविकरणको दिशामा अगाढी बढिरहेको छ । विभाजन र एकता, एकता र विभाजन, नेपाली कम्युनिष्ट आन्दोलनमा प्राय देखा परिरहने घटनाहरु हुन । तर पछिल्लो समयमा केपी शर्मा ओलीको नेतृत्वमा अगल विचार र अभ्यासमा रहेको माओवादी केन्द्रलाई समेत समावेश गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई केन्द्रीकृत गर्ने काम सम्पन्न भएको थियो । सरकारमा कम्युनिष्टहरुको दुई तिहाई बहुमत थियो । स्थानीय तह, प्रादेशिक सरकारहरु कम्युनिष्ट पार्टीले संचालन गरेको थियो । सरकारका सवै कामहरु आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रीत थिए । यो वीचमा विगतका सरकारहरुले गर्न नसकेका कामहरु धमाधम अगाडी वढिरहेका थिए । तर केपी शर्मा ओलीको लोकप्रीयताका अगाडी आफनो कद होचो हुदै गएपछि उहाँलाई बहुमतका नाममा घेर्ने काम गरियो । नगदमा पद लिने महत्वकाक्षाका उहाँहरुमा पलायो । बैधानिक हिसावले अलग पार्टी नहुँदा नहुँदै देशव्यापीरुपमा केपी शर्मा ओलीका विरुद्धमा अर्थात सिङगो कम्युनिष्ट आन्दोलनका विरुद्धमा भएभरको न्वारानदेखिको वल लगाएर शक्ति प्रर्दशन गरियो । सुर्य चिन्हवाट चुनाव कहिले नलडेका मानिहरुबाट सुर्य चिन्ह हाम्रो हो भन्ने दावी प्रस्तुत गरियो । प्रतिनिधि सभाको पुर्नस्थापनापछि उहाँहरुबाट सडकहरुमा दीप प्रज्वलन गर्ने र लड्डु खाने काम गरियो तर त्योे उमङग धेरै दिन टीक्न सकेन । सर्वौच्च अदालतले एकीकृत पार्टीकोरुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पार्टीको मान्यता नदिएपछि अहिले पुर्ववत पार्टीहरु व्यझिएका छन । हामीले हाम्रो हिजोको गौरवशाली पार्टी नेकपा एमाले र हाम्रो प्यारो चुनाव चिन्ह प्राप्त गरेका छौ ।
तर हिजो आफनो घरमा आगो झोस्ने र आफनो नेताको अपमान गर्दै अरुको सेवा गर्ने मानिसहरु अहिले काजमा घर फर्कने तयारीमा छन । तर उनीहरुले भोली आफनो घरमा फेरी आगो लगाउदैनन् भन्ने कुरा अहिले नै आँकलन गर्न सकिदैन । यस्तो अवस्थामा अनेमसंघको भृकुटीमण्डपमा राष्ट्रिय महिला भेला सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतित्थतामा रहेको उक्त भेलाले बृहत र एकतावद्ध एमाले निर्माणको उद्घोष गरेको छ । अव छलछाम र पदीय महत्वकाक्षांको राजनीति होइन, नीति नियम र विधान बमोजिमको राजनीतिको माग गरेको छ ।


अनेमसंघको आयोजनामा करीव २० हजारको हाराहारीमा देशभरीका महिला नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न यो भेलाले नेपाली महिलाहरु आर्थिक सामाजिक र साँस्कृति विभेद र विकृतिको विपक्षमा रहेको र न्यायपुर्ण समतामुलक समाज निर्माणमा महिलाहरु परिचालन गर्नेे र त्यसकालागि लाग्ने प्रतिवद्धता दोहो¥याएको छ । संविधानमा उल्लेख भएका महिलाहरुका हक अधिकारहरुको सही कार्यान्वयन गर्दै महिला अधिकारलाई सुनिश्चित गर्ने काममा हरेक महिलाहरु आ—आफना ठाउँबाट जागरुक हुनु पर्ने र त्यसकालागि सवै महिलाहरु लाग्नु पर्ने सन्देश दिएको छ । त्यस्तै वर्तमान समयमा नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको अराजक, पदलोलुप, अनुशासनहीन र विभाजनकारी राजनीतिलाई परास्त गर्दै हाम्रो पार्टी नेकपा एमालेको एकता र सुदृढीकरणकालागि देशभरीका महिलाहरु दृढतापुर्वक उभिने संकल्प र सन्देश नै भृकुटी मण्डप महिला भेलाको सन्देश हो भन्ने मेरो बुझाई रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ