चैत्र १२ काठमाडौं । कीर्गिस्तान र बंगलादेश सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपालले आज कीर्गिस्तान बिरुद्ध खेल्दै छ ।
खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि शुरु हुने छ । नेपालले कप्तान किरण चेम्जोङको कप्तानीमा टोली मैदानमा उतार्ने छ । कीर्गिस्तानको २३ वर्षमुनिको टोली सहभागी छ । यस अघि पहिलो खेलमा कीर्गिस्तान बंगलादेशसँग पराजीत भएको थियो ।
नेपाली टोलीमा गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् । राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, डिफेन्डर देवेन्द्र तामाङ, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् ।
नेपालले अर्को खेल शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले विज्ञप्ति जारी गर्दै त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । कोरोना भाइरसको महामारीको खतरा देखिएको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्क र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ ।
नेपाली टोलीमा गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की
डिफेन्डर : रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान
फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास