नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साल्ट ट्रेडिङको शेयरमा सकारात्मक सर्किट

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साल्ट ट्रेडिङको शेयरमा सकारात्मक सर्किट

  • मङ्लबार, चैत्र १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १४.५७ बिन्दुले बढेर दुई हजार ५२८.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०९ बिन्दुले बढेर ४४८.८९ मा पुगेको छ । कूल २०८ कम्पनीको एक करोड दुई लाख ७६ हजार ७१० कित्ता शेयर रु पाँच अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब ९२ अर्ब ५९ करोड १४ लाख ८० हजार बराबर पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ६.६८, विकास बैंक ६.०५, वित्त ७.७४, उत्पादन ४२.३३, अन्य ११.४१ र जीवन बीमा ९८.७८ बिन्दुले घटेको छ । यस्तै, व्यापार ३४६.४६, होटल तथा पर्यटन १५५.५, जलविद्युत् १२९.८४, निर्जीवन बीमा १७४.०४, लघुवित्त ६९, सामूहिक लगानी कोष ०.०२ र लगानी उपसमूह १.०३ ले उकालो लागेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५२ करोड ६० लाख ९४ हजार ५७२ बराबरको कारोवार भयो ।
यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ३२ करोड ८१ लाख ५५ हजार ७७४, नेपाल बङ्गलादेश बैंक रु २८ करोड ७१ लाख छ हजार ३०२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५७ लाख १३ हजार ३८४, रसुवागढी हाइड्रोपावर रु १३ करोड ७४ लाख ८० हजार ७४७, साल्ट टे«डिङ कर्पोरेशन रु १२ करोड ५८ लाख ९९ हजार ५४९, निर्धन उत्थान लघुवित्त रु १२ करोड ४४ लाख ८३ हजार ८४८, मेरो माइक्रोफाइनान्स रु ११ करोड ८७ लाख १६ हजार ९११, शिखर इन्स्योरेन्स रु १० करोड ७६ लाख १४ हजार ३३६ र अरुण काबेली पावर रु १० करोड ४६ लाख ८६ हजार ६९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा आज साल्ट टे«डिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरधनीले १० प्रतिशतले कमाए ।
यस्तै, चन्द्रागिरि हिल्स ९.९८, रसुवागढी हाइड्रोपावर ९.९७, कालिका पावर कम्पनी ९.९६, साञ्जेन जलविद्युत् कम्पनी ९.९४, बोमी माइक्रोफाइनान्स ९.९३, माथिल्लो तामाकोशी ९.९२, रैराङ हाइड्रोपावर ९.८९, सूर्योदय लघुवित्त ८.३५ र माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए । यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४.१५, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६१, हिमालयन पावर पार्टर ३.१३, अरुण भ्याली हाइड्रोपावर २.६९, यूनाइटेड फाइनान्स २.०९, यूनिलिभर नेपाल १.९९, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ