काठमाडौँ, चैत ९ गते । लामो समय पछि दशरथ रंगशालामा अन्तराष्ट्रिय फुटवल प्रतियोगीता हुने भएको छ । काठमाण्डौमा मंगलबार नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटवल शुरु हुने भएको छ ।
प्रिम्याच कन्फेरेन्समा नेपालका प्रशिक्षक बालगोपाल महर्जनले यो उपाधी आफूहरुले जीत्ने दाबी गरेका छन् । उपकप्तान रोहित चन्दले पनि लामो समयपछि दशरथ रंगशालामा खेल्न पाँउदा खेलाडी खुसी भएको र राम्रो गर्न प्रेरित रहेको बताएका छन् ।
कीर्गिस्तानको यु २३ र बङ्गलादेशको राष्ट्रिय टिम सम्मिलित प्रतियोगिता मङ्गलबार दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
विश्वकप छनोटअन्तर्गत दशरथ रङ्गशालामा नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनबीचको खेल खेल्न नपाउने भएपछि एन्फाले घरेलु दर्शकका लागि थ्री नेशन्स कपको आयोजना गर्न लागेको हो ।
नेपाली टिमका कप्तान कप्तान तथा गोलरक्षक किरण सोमबार राति नेपाल आईपुग्नेछन् ।
प्रतियोगिताअन्तर्गत पहिलो खेलमा मङ्गलबार दुई पाहुना टोली बङ्गलादेश र कीर्गिस्ताबीच भिडन्त हुनेछ । नेपालले आफ्नोपहिलो खेल बिहीबार किर्गिस्तानविरुद्ध खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा चैत १४ गते बङ्गलादेशको सामना गर्नेछ । लिग चरणमा तीन खेलपछि शीर्ष दुई स्थानमा रहने टिमबीच चैत १६ गते उपाधि भिडन्त हुनेछ । यी सबै खेल साँझ ५ः३० मा सुरु हुनेछन् ।
कीर्गिस्तान ओलम्पिक टोलीसहित नेपाल आएको छ।
प्रशिक्षक नुर्वेकले प्रतियोगिताका लागि राम्रो तयारी गर्न नसके पनि नेपालमा राम्रो फुटबल खेल्ने बताए ।
बङ्गलादेशका प्रशिक्षक जेमी डेले नेपालमा दुवै टिमविरुद्ध खेल्न कठिन हुने धारणा राखे ।
पाँच महिनाअघि नेपालले बङ्गलादेशमा दुई अन्तर्राष्ट्रिय मैत्री खेल खेलेको थियो । जसमध्ये पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा टुङ्गिएको थियो । नेपालका प्रशिक्षक महर्जनले अहिले नेपाली टोली धेरै फरक भइसकेको दाबी गरे ।