एकल महिलाको नेतृत्व विकासका लागि क्षमता अभिबृद्धि तालिम

एकल महिलाको नेतृत्व विकासका लागि क्षमता अभिबृद्धि तालिम

  • सोमवार, चैत्र ९, २०७७
  • डम्मर राज भट्ट

  • 8.5K
    SHARES

कन्चनपुर चैत ९ । कञ्चनपुर जिल्लामा रहेका एकल महिलाको नेतृत्व विकासका लागि क्षमता अभिबृद्धि तालिम दिईएको छ । मानव अधिकारका लागि एकल महिला समुह कञ्चनपुरले एकल महिला समुहका प्रतिनिधीहरुलाई नेतृत्व विकास तथा श्रमता अभिबृद्धि सम्बन्धी प्रशिक्षण प्रशिक्षक तालिम संचालन गरेको हो ।
पाँच दिने तालिमको एक कार्यक्रमका विच तालिम समापन गरिएको छ । मानव अधिकारका लागि एकल महिला समुह कञ्चनपुरका संयोजक बीर बहादुर नेपालीले एकल महिलाको क्षमता अभिबृद्धिका लागि तालिम संचालन गरिएको बताए ।
उनका अनुसार नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज कार्यक्रम अन्र्तरगत तालिम लिईएको बताए । विभिन्न १७ एकल महिला समुहका ३४ जना महिलाहरूको सहभागिता रहेको थियो । सहभागिलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।
तालिम बाट एकल महिलालाई आत्मनिर्भर बन्नका लागि सहज हुनेछ । तालिममा सहभागि कमला बोहरा , पार्वती विकले तालिम लिएर आफ्ना अधिकार एव महिलाको प्रशासनिक काम बारे जानकार भएको बताए । मानव अधिकारका लागि एकल महिला समुहका अध्यक्ष जानकी जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । मानव अधिकारका लागि एकल महिला समुहका सचिव रमा उपाध्यायले संचालन गरेको कार्यक्ममा विभिन्न संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ