चैत्र ९ काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्दैछिन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने तयारी भएको छ । दुई दिने भ्रमणका क्रममा दुबै देशबीच केही सम्झौताहरुमा हस्ताक्षर हुनेछ ।
उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिईन्। काठमाडौं बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ।
राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ बजे काठमाडौं फर्कने उडान तालिका छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline