हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु

हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु

  • आइतवार, चैत्र ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.5K
    SHARES

चैत ८, काठमाडौँ । काठमाडौंको हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै आइतबारबाट देशभर फागु पर्व अर्थात होली पर्व सुरु भएको छ ।
आज बिहान हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो । फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।

पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापेर होली खेल्ने गरेपनि अहिले पूर्णिमाको दिन मात्रै एक दिन होली खेल्ने गरिन्छ । परम्पराअनुसार होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन छ । यसअनुसार यसपालि चैत १५ गते फागु पर्छ ।

पर्वका अवसरमा हनुमानढोका दरबारको मोहनकाली चोकमा राजा प्रताप मल्लको पालामा बनाइएका श्रीकृष्ण र अर्धनग्न गोपिनीका मूर्तिहरू सजाई अबिर छर्किई पूजा गर्ने चलन छ । पौराणिक मान्यताअनुसार यमुना नदीमा गोपिनीहरू निर्वस्त्र भई नुहाइराखेको अवस्थामा श्रीकृष्णले गोपिनीका लुगा उठाएर नदी किनारको रुखको हाँगामा झुन्ड्याई बाँसुरी बजाउन थाले ।

गोपिनीले आफ्नो लुगा पाउन बिन्तीभाउ गर्दा पनि केही लागेन । कृष्णले निर्वस्त्र नुहाएकामा प्रायश्चित् गरेपछि मात्र लुगा दिए । श्रीकृष्णको त्यसै ‘रासलीला’को स्मरणमा गोपिनीहरूको लुगाको प्रतीकस्वरूप रंगीचंगी कपडाका टुक्रा झुन्ड्याई मयलको हाँगा गाड्ने प्रचलन रहेको कथन छ ।

चीर गाडिसएँगै हनुमान ढोका दरबार क्षेत्रमा गुरुजुको पल्टनले तोप पडाई हर्षबढाइँ गर्ने र अबिर छर्किई होली पर्वको स्वागत गरेको छ । होली पूर्णिमाको भोलिपल्टदेखि वसन्तऋतु लाग्दछ । यसैले वसन्तऋतुको आगमनसँगै मनाइने यस पर्वलाई मदनोत्सव भन्ने पनि गरिन्छ ।

पौराणिक कथनअनुसार हिरण्यकसिपुले आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखेर आगोमा बस्दा पनि विष्णुका भक्त प्रह्लादलाई केहि नभएको तर होलिका नै भस्म भएकी थिईन् ।

यसरी होलिकारूपी पापवृत्ति जलेर भस्म भएको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको प्रतीक चीरदाह गर्ने परम्परा रहेको विश्वास गरिन्छ । तराईमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ