चीनले सित्तैमा दिएको ८ लाख खोप ल्याउन सरकारले पहल गरेन, भारतलाई आधा अर्ब अग्रिम भुक्तानी दिएको खोप आएन

चीनले सित्तैमा दिएको ८ लाख खोप ल्याउन सरकारले पहल गरेन, भारतलाई आधा अर्ब अग्रिम भुक्तानी दिएको खोप आएन

  • आइतवार, चैत्र ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

चैत्र ८ काठमाण्डौं । कोरोना बिरुद्ध प्रयोग हुने ८ लाख खोप डोज तयार रहेको भन्दै ल्याउन चीनले पटक पटक आग्रह गरे पनि त्यताबाट खोप लिन दुई महिना सम्म कुनै ताकेता नभएको देखिएको छ । माघ सम्ममा चीनले दुई पटक गरी ८ लाख खोप दिने घोषणा गरेको थियो । चीन सरकारका प्रतिनिधिहरुले खोप तयार रहेको जानकारी दिईरहे पनि दुई महिना सम्म पनि सो अनुदानको खोप लिन सरकारले जहाज पठाएको छैन ।
तर भारतलाई ४६ करोड अग्रिम भुक्तानी दिईसकिएको खोप भने अझै पुरै आईसकेको छैन । हिलो डोज लगाउने अभियान जारी रहेको र दोस्रो डोजको तयारी भइरहेको वेला नेपाल सरकारसँग खोप अभाव भएको छ । भारतीय कम्पनी सेरमसँग नेपाल सरकारले २० लाख डोज खरिद गरेकोमा १० लाख डोज मात्रै आएको छ ।

नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा सरकारले ११ सातापछि ९७ वैशाखमा० मात्र लगाउने सरकारी तयारी छ । बाँकी १० लाख कहिले आउने निश्चित छैन । जसका कारण सरकारलाई खोप महंगो पर्ने देखिन्छ भने पैसाको ब्याजमा समेत सरकार घाटामा पर्ने देखिन्छ ।
अहिले खोप अभावका कारण दोस्रो चरणको अभियान नै प्रभावित बनेको अवस्था छ आजको नयाँ पत्रिकाले खबर प्रकाशित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी