मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा एकै परिवारको तीन जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो नासो गाउँपालिका ३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो।
प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उकालो चढ्नेक्रममा अनियन्त्रित हुँदै ब्याक भएर खोलामा ट्रक खसेको हो।
ट्रक खस्दा तीन जनाको मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए। अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि एम्बुलेन्समार्फत लम्जुङ पठाइएको छ।
डिएसपी खड्काका अनुसार ट्रक अन्दाजी १ सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको हो।
मृत्यु हुनेमा नासो गाउँपालिका ४ ओडार बस्ने ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया लालकाशी गुरूङ र अन्दाजी ६र७ वर्षीय थिउन गुरूङ रहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline