शहीद स्मारक ‘सी’ डिभिजन लिग: वीरगन्ज युथ एकेडेमी विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिग: वीरगन्ज युथ एकेडेमी विजयी

  • शनिबार, चैत्र ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ, ७ चैत ।  शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा वीरगञ्ज युथ एकेडेमी विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वीरगञ्ज एकेडेमीले महावीर क्लबलाई तीन शून्य गोलअन्तरले पराजित गरेको हो । वीरगञ्जका लागि सिर्जनराम गौतम, लक्ष्मण चौधरी र कृष्ण शाक्यले एक–एक गोल गर्नुभयो ।

खेलको २०औँ मिनेटमा वीरगञ्जका लागि गौतमले पहिलो गोल गर्नुभएको थियो । खेलको ६६औँ मिनेटमा चौधरीले दोस्रो गोल गर्दै खेललाई दुई शून्यको अवस्थामा पु¥याउनुभयो । यस्तै खेलको ७५औँ मिनेटमा शाक्यले वीरगञ्जका लागि तेस्रो गोल गर्दै तीन शून्यका साथ आफ्नो टोलीलाई जित दिलाउनुभयो ।

जितसँगै समूह ‘ए’ मा रहेको वीरगञ्जले दुई खेलबाट छ अङ्क जोडेको छ । महावीर अङ्कविहीन अवस्थामा छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ