एमालेका वडाअध्यक्ष महरा मध्यरातमा अर्कै महिलासँग होटलमा बसेको श्रीमतीले खबर गरेपछि पक्राउ

एमालेका वडाअध्यक्ष महरा मध्यरातमा अर्कै महिलासँग होटलमा बसेको श्रीमतीले खबर गरेपछि पक्राउ

  • शुक्रबार, चैत्र ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.7K
    SHARES

चैत्र ६ वैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासँगै होटलबाट मध्यराति पक्राउ परेका छन् । उनी आफ्नै श्रीमतिले गरेको खबरका आधारमा पक्राउ परेका थिए ।

शंकास्पद रुपमा भेट्टिए पछि महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुबैजनालाई गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएको थियो ।

उनीहरु दुबैजना संगै कोठामा रहेको भन्ने सुराकी वडाअध्यक्ष महराकी श्रीमती बिमलाले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।
वडा अध्यक्ष महराले पार्टीको काम भएकाले कोठामा सँगै बसेको बताएको प्रहरीको भनाई छ । महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ