चैत्र ६ काठमाडौं । मस्तिष्क घात पछि उपचार गराईरहेका नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दश लाख सहयोग दिने भएको छ ।
मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि भन्दै सरकारले १० लाख सहयोग दिने भएको हो ।
शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले १० लाख सहयोग गर्ने जानकारी दिए ।
गत फागुन १४ गते मतिष्कघात भएका जोशीको उपचार भईरहेको छ ।
टाउकोको सामान्य शल्यक्रियापछि भेन्टिलेटर बाहिर निकालिएका जोशीको स्वास्थ्य गम्भीर भएपछि पुनः भेन्टिलेटरमा राखिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline