चैत्र ६ काठमाण्डौं । सर्वोच्च अदालतले पुनस्थापना गरिदिएको संसदको बैठक आज पनि बस्दैछ । फागुण २३ गतेको पहिलो बैठकमै प्रचण्ड र माधव नेपाल समुहले बहिष्कार गरेका थिए भने काँग्रेस र जसपाले नाराबाजी गरेको थियो ।
त्यसपछि असन्तुष्ट रहेको सरकारले संसदलाई कुनै बिजनेश दिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो बैठकका दिन संसद भवन पुगेर पनि बैठक शुरु नहुँदै बाहिरिएका थिए भने त्यस पछिको बैठकमा बैठक सकिए पछि संसद भवन पुगेका थिए ।
संसदको पहिलो बैठक पछि संसदको पहिलो बैठकलाई नै पहिलो गाँसमै भिंmगा परेको संज्ञा दिएका प्रधानमन्त्रीले ताजा जनादेश नै विकल्प भएकोमा पुनः जोड दिएका छन् । पहिलो बैठकमा पेश गर्न खोजेको अध्यादेशको बिरुद्ध नाराबाजी भए पछि सरकारले त्यो पनि पछाडी सारेको छ ।
आज पूर्व संविधान सभा सदस्य अशोक कोईरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने र लोकसेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन प्रधानमन्त्रीले पेश गर्ने संभावित कार्यसूची संसद सचिवालयले तय गरेको छ ।
आज दिउसो १ बजे बस्ने बैठकमा