काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सांसद दिपेन्द्र श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालीका २९ को घट्टेकुलो धोविखोला छेउमा चार कोठे प्रहरी भवन निर्माण भएको छ ।
बागमती प्रदेशका सांसद श्रेष्ठले प्रहरीको भवन निर्माणका लागि सांसद विकास कोषबाट १० लाख सहयोग गर्नुभएको हो । धोविखोला कोरीडोरमा निर्माण गरिएको महानगरीय प्रहरी विटको भवनका लागि श्रेष्ठले रु १० लाख तथा २८ नम्बर वडा कार्यलय र स्थानीय दाताहरुले सहयोग गरेका थिए।
उक्त विटको भवन बिहिवार एक कार्यक्रमको आयोजना गरी पुर्व उप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रिवन काटेर समुद्घाटन गर्नु भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र, घट्टेकुलोका अध्यक्ष टंक बहादुर श्रेष्ठले सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद श्रेष्ठ, सशस्त्र प्रहरी बलका पुर्व प्रहरी महानिरीक्षक श्री सिंह बहादुर श्रेष्ठ, पुर्व राजदूत तथा सामुदायिक प्रहरीका सल्लाहाकार प्रल्हाद प्रसाईं, महानगरीय प्रहरी परिसर का प्रमुख बरिष्ठ उपरिक्षक अशोक सिंह, पुर्व प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिीति थियो ।
यस्तै महानगरीय प्रहरी कार्यालय, रानीपोखरी प्रहरी उपरीक्षक मनोज कुमार यादव, बरिष्ठ कलाकार एवं जेष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष मदनदाश श्रेष्ठ, २९ वडा अध्यक्ष कुश ढकाल, ११ वडा अध्यक्ष हीरालाल तन्डुकार, १० वडा अध्यक्ष रामकुमार केसी, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, महानगरीय प्रहरी वृत सिहदरवारका प्रमुख प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेत लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि , स्थानीय बुद्धिजिवी, समाजसेवी , विभिन्न पार्टीका नेतागणहरु एवं स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।