शेयर बजार आज पनि उकालो, नेप्से २४७५ बिन्दुभन्दा माथि

शेयर बजार आज पनि उकालो, नेप्से २४७५ बिन्दुभन्दा माथि

  • बिहिबार, चैत्र ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

चैत ५, काठमाडौं । मंगलवारदेखि उकालो लागेको बजार बिहीवार २ हजार ४७५ दशमलव शून्य ९ विन्दुमा पुगेर बन्द भएको छ ।

यो दिन बजार १ दशमलव ७७ प्रतिशत अर्थात् ४२ दशमलव ९५ अंक माथि उक्लिएको हो । २ हजार ४४८ दशमलव ७२ विन्दुदेखि खुला भएको बिहीवारको बजार २ हजार ४७६ विन्दुसम्म पुगेको थियो ।

उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव २६ प्रतिशत अर्थात् ५ दशमलव ५५ अंक बढेर ४४४ दशमलव १५ विन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकम पनि ५ अर्ब रुपैयाँनजिक रहेको छ । २१३ ओटा कम्पनीको ५७ हजार ५०८ पटकको व्यापारमा रू। ४ अर्ब ६४ करोड ३३ लाख ७३ हजार बराबरको १ करोड ११ लाख ३० हजार १९६ कित्ता शेयर कारोबार भएको हो ।

बुधवारको तुलनामा कारोबार रकम पनि बढेको छ । बुधवार २१२ ओटा कम्पनीको ४४ हजार ६९७ पटकको व्यापारमा रू। ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार बरावरको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर खरीद विक्री भएको थियो ।

कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल बङ्गलादेश बैंकको भएको छ । नबिल बैंकले प्राप्ति गर्ने चर्चा चलेसँगै उक्त कम्पनीको शेयर कारोबार सर्वाधिक भएको हो । यद्यपी नबिल बैंकले यस विषयमा आधिकारिक सूचना सार्वजनिक भने गरेको छैन । बिहीवार नेपाल बङ्गलादेश बैंकको सर्वाधिक शेयर कारोबार सँगै मूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रू। ७७ करोड ३ लाख १८ हजार बराबरको

शेयर कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ७५ प्रतिशत बढेर रू। ३४९ कायम भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ३१ ले बढेको हो ।

बिहीवारको कारोबारमा व्यापारिक समूहको परिसूचक १ दशमलव शून्य ६ प्रतिशतले घटेको छ भने बाँकी समुहको बढेको छ । यो दिन होटल्स तथा पर्यटन समूहको सर्वाधिक ४ दशमलव १ प्रतिशतले परिसूचक बढेको छ भने बैंकिङ्को १ दशमलव ५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९७ प्रतिशत, जलविद्युतको शून्य दशमलव १५ प्रतिशत, वित्तको १ दशमलव २५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ५९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव शून्य २ प्रतिशत, अन्यको २ दशमलव १६ प्रतिशत, लघुवित्तको २ दशमलव ४२ प्रतिशत, जीवन बीमाको २ दशमलव ५५ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४६ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको हो ।

दोहोरो उच्च अंकले बढेको बजारमा ग्रीन लाईफ हाइड्रोपावर र युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड इदी मर्दीको प्रतिकित्ता रू। २६ ले बढेर अन्तिम मूल्य रू। २८६ र ग्रीनलाइफ हाइड्रोपावरको प्रतिकित्ता रू। ३६ ले बढेर अन्तिम मूल्य रू। ३९६ कायम भएको छ ।

यस दिन ९ प्रतिशतभन्दा बढी मूल्य वृद्धि हुनेमा नेपाल बङ्गलादेश बैंकसँगै चन्द्रागिरी हिल्स लिमिटेड पनि रहेको छ । धितोपत्र दोस्रो बजारमा कारोबार भएको २८ औं दिन निरन्तर उच्च दरमा मूल्य बढेर चन्द्रागिरीको शेयरमूल्य रू। १ हजार २९२ पुगेको छ । यो दिन कम्पनीको शेयरमूल्य ९ दशमलव ७५ प्रतिशत अर्थात प्रतिकित्ता रू। ११७ ले बढेको हो ।

यो दिन जोशी हाइड्रोपावर र आखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ६ प्रतिशतभन्दा बढीले घटेको छ । जोशी हाइड्रोपावरको ६ दशमलव ८५ प्रतिशतले घटेर अनितम मूल्य रू। १३६ र आखुखोला जलविद्युतको ६ दशमलव ३३ प्रतिशत घटेर अन्तिम मूल्य रू। १४८ मा झरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ