बारा ४ चैत्र। बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको थियो ।झडपका क्रममा ७ जना प्रहरी, १ जना सशस्त्र प्रहरी, ३ जना उद्योगका कर्मचारी घाईते भएको प्रहरीले जनाएको छ ।
गोदाम भनी बनाएर मेसिन चलाएर रातमा समेत ध्वनी प्रदुषण गरेको भन्दै स्थानीयले जगदम्बा स्टिलको गोदाममा ताल्चा लगाएका थिए । दुई दिन अघि मात्रै उद्योगमा लगाइएकाे ताला प्रहरी ताेडेकाे थियो ।
स्थानीय तर्फ केहि सामान्य घाईते छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष कार्की, नर्मता कार्की र अर्की एकजना महिलालाई नियन्त्रणमा लिएर छोडेको छ । स्थिति सामान्य भएपछि तीन घण्टादेखि बन्द रहेको वीरगञ्ज पथलैया सडकखण्डमा सवारी आवागमन सुचारु भएको छ ।
स्थानीयले ढुंगामुढा गरेको सूचना पाएपछि पुगेको प्रहरीलाई समेत स्थानीयले ढुंगाले हानेका थिए । दोहोरो झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थानीयलाई लखेटेको थियो ।
साेही बिषयलाई लिएर बुधबार भएकाे झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार समेत गर्नु परेकाे थियाे । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे । स्थिती समान्य बनेपछि उनीहरुलाई प्रहरी छाडेकाे थियाे ।
प्रहरीले उद्याेगमा स्थानियले लगाएकाे ताल्चा खाेलेपछि मंगलबार उद्याेग संचालन रहेकाे वडा कार्यालयमा बैठक बसेकाे थियाे । साे बैठककम हालकाे लागि ताला खुलेपनि उद्याेग संचालन नगर्न सहमती भएकाे थियाे । तर बुधबार दिउँसो उद्याेगकाे गोदाममा मेसिन चलाउन थालेको अनुभूति स्थानियले गरेपछि ढुंगा हानेका थिए ।
त्यसपछि पुगेकाे प्रहरी र स्थानिय बिच झडप भएकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष तीलक श्रेष्ठले स्थानीयको मागलाई वेवास्ता गरेका कारण स्थिति विग्रिएको बताउँछन् । ‘ गोदाम घरमा मेसिन जडान गरेर उद्योगले स्थानीयलाई आतंकित पार्ने काम गरेको छ । त्यसैको विरोधमा स्थानीयले गोदाममा ताल्चा पनि लगाएका हुन् ।
दोहोरो झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थानीयलाई लखेटेको थियो ।
स्थानीयको मागलाई वेवास्ता गरेका कारण स्थिति विग्रिएको वडाध्यक्ष श्रेष्ठकाे भनाई छ । उनले भने ‘गोदाम घरकाे लागि वडाबाट सहमती लिए पनि मेसिन जडान गरेर उद्योगले स्थानीयलाई आतंकित पार्ने काम गरेको छ । त्यसैको विरोधमा स्थानीयले गोदाममा ताल्चा पनि लगाएका थिए ।”
उनले थपे “मंगलबार वडा कार्यालयमा भएकाे सहमति विपरित उद्योगले मेसिन चलाउन खोजेपछि स्थानीयले ढुंगा हानेछन् । त्यसपछि झडप भएकाे रहेछ ।”
उद्योगको गोदाममा स्थानीयले ताला लगाउने, खोल्ने चलिरहेको थियो । आज अचानक बाहिरबाट ढुंगामुढा गरेछन् । उद्योग भित्रको गाडीका सिसाहरु फुटेका छन् । उनले भने सुरक्षा गार्ड, सवारी चालकहरुलाई पनि चोट लागेछ । खबर पाएर पुगेका प्रहरीमाथि पनि ढुंगामुढा भयो । तर अहिले स्थिति सामान्य भईसकेको छ ।
झडपमा परी एक दर्जन भन्दा बढी घाइते समेत भएकाे उनले वताए । उनका अनुसार घाइते हुनेमा इलका प्रहरी कार्यालयका सिमराका प्रहरी निरिक्षक सहित ७ जना प्रहरी, ८ जना स्थानिय र केही उद्याेगकाे कर्मचारी पनि रहेका छन् ।