‘ बुलिस ट्रेन्ड’ मा फर्कियो सेयर बजार,  बुधबार सबै समूहका सूचकमा हरियाली

‘ बुलिस ट्रेन्ड’ मा फर्कियो सेयर बजार,  बुधबार सबै समूहका सूचकमा हरियाली

  • बुधबार, चैत्र ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

४ चैत, काठमाडौं । लगातार एक साता घटेको सेयर बजार बुधबार हरियाली भएको छ।सेयर बजार  बुलिस ट्रेन्ड’मा फर्किएको लगानीकर्ताको विश्वास छ । बुधबार नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा उक्लिएको  छ। ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार सबै समूहका सूचकमा हरियाली छाएको छ । तुलानात्मक रुपमा माइक्रोफाइनान्स, जीवन बिमा, होटेल तथा पर्यटन र अन्य समूहमा उछाल देखिएको छ ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, एमाले र माओवादी केन्द्रलाई ब्युँताउने र नेकपाको एकता बदर गर्ने सर्वोच्चको पछिल्लो फैसलापछि राजनीतिक संक्रमणले झन् जटिल मोड लिएपछि त्यसको मनोबैज्ञानिक असर सेयर बजारमा देखिएको थियो। तर राजनीतिक लफडालाई बेवास्ता गर्दै लगानीकर्ताहरू सेयर बजारमा आत्मविश्‍वासका साथ सक्रिय भएपछि बजार फेरि लयमा फर्किएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ