शहीद स्मारक ‘सी’ डिभिजन लिग: चर्च ब्वाइज विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिग: चर्च ब्वाइज विजयी

  • बुधबार, चैत्र ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ, ४ चैत । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन एक गोलअन्तरले पराजित गरेको हो । खेलको ५१औँ मिनेटमा चर्च ब्वाइजका लागि सोम थापाले पहिलो गोल गर्नुभएको थियो । खेलको ५५औँ मिनेटमा प्लानिङ ब्वाइजका कृष्ण गिरीले गोल गर्दै एक÷एक गोलको अवस्थामा पु¥याउनुभयो ।

यस्तै खेलको ८९औँ मिनेटमा साइमन लिम्बुले पेनाल्टीमार्फत चर्च ब्वाइजका लागि दोस्रो गोल गर्नुभयो । यस्तै खेलको इन्जुरी समयमा चर्च ब्वाइजका लागि इन्द्रजङ लिम्बुले गोल गर्दै खेललाई तीन एकको अवस्थामा पु¥याउनुभयो ।

जीतसँगै समूह बी मा रहेको चर्च ब्वाइजले दुई खेलमा ६ अङ्क जोडेर सो समूहको शीर्ष स्थानमा रहेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ