युरोपियन च्याम्पियन्स लिगः म्यान्चेस्टर सिटी र रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश

युरोपियन च्याम्पियन्स लिगः म्यान्चेस्टर सिटी र रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश

  • बुधबार, चैत्र ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

४ चैत्र, एजेन्सी । स्पेनीस फुटबल क्लब रियाल मड्रिड र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलवार भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा इटालीको एटलान्टालाई ३–१ ले हराउँदै रियाल मड्रिड क्वपाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगको खेल १–० ले जितेको रियाल समग्रमा ४–१ ले विजयी भयो ।

गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर सिटी पनि क्वाटरफाइनलमा उक्लियो ।

पहिलो लेगको खेल पनि २–० ले जितेको म्यान सिटी समग्रमा ४–० ले विजयी भएको हो ।

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । पहिलो लेगमा १ गोलको अग्रता लिएको इंग्लीश क्लब चेल्सीले आज स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्नेछ ।

आजै जर्मनीको बायर्न म्युनिखले इटालीको लाजियोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा बायर्न म्युनिख ४–१ ले विजयी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ