चैत ४, काठमाडौं । मस्तिष्क घातको उपचार गराइरहेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि वीर अस्पताल पुर्याइएपछि उनलाई थप उपचारका लागि नर्भिक लगिएको थियो ।
जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालले आज विहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्थ गम्भीर रहेको बताइएको छ ।
नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको बताएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।
करिब २० दिनको निरन्तर उपचारपछि आज उनको स्वास्थ्य अवस्था नाजुक देखिएको अस्पताल स्रोतले बताएको छ ।
-क्षमायाचना गर्दछौं
पूर्वमन्त्री तथा कांग्रेस नेता नविन्द्रराज जोशीबारे यसअघि असावधानिवस प्रकाशित समाचार हटाइएको छ । यसबाट पाठकवर्ग र परिवारमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौं र आगामी दिनमा यस्तो गल्ति नदोरिने प्रतिवद्धता जनाउछौ ।
प्रधान सम्पादक