नेप्सेमा झिनो सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए

नेप्सेमा झिनो सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए

  • मङ्लबार, चैत्र ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४४ ले बढेर ४३०.४९ मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोवार रकम भने सामान्य रहेको छ । कूल २१६ कम्पनकिो ९० लाख १२ हजार ८५३ कित्ता शेयर रु तीन अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ मा कारोवार भयो ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब एक अर्ब ८५ करोड २९ लाख २० हजारको हाराहारीमा रहेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.६७, होटल तथा पर्यटन ८६, वित्त १.२१, उत्पादन २३.२५, लघुवित्त २७.३६, जीवन बीमा २३०.२९ र लगानी ०.२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ७२.५९, विकास बैंक २.३५, जलविद्युत् ३१.८३, अन्य २०.११ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ३८ लाख ७९ हजार ८८४ बराबरको कारोवार भयो । यस्तै, माथिल्लो तामाकोशी रु १८ करोड ८५ लाख २९ हजार ६४४, नेपाल पूर्वाधार बैंक रु १७ करोड दुई लाख ६६ हजार ४५४, नबिल बैंक रु १३ करोड ८९ लाख ५३ हजार ८५, नेशनल हाइड्रो पावर कम्पनी रु १२ करोड १६ लाख आठ हजार ७१४, एचआइडिसिएल रु १० करोड ५६ लाख पाँच हजार ६१०, एनआइसि एशिया बैंक रु आठ करोड ७७ लाख ९६ हजार ८९२, नेको इन्स्योरेन्स रु सात करोड ९५ लाख ५८ हजार १९८ र ग्लोबल आइएमई बैंक रु सात करोड ८२ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आज चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए ।

यस्तै, जोशी हाइड्रोपावर ९.९२, घलेम्दीह हाइड्रोपावर ९.८३, ग्रीन लाइफ हाइड्रोपावर ९.७०, खानीखोला हाइड्रोपावर ९.४०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ७.०३, एचआइडिसिएल ६.७१, दिव्यश्वरी हाइड्रोपावर ५.९८ र यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५.९३ प्रतिशतले कमाए । यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ८.८१, पञ्चकन्या माई हाइड्रोपावर ४.८६, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ४.६८, राष्ट्रिय बीमा कम्पनी ४.०३, अरुण भ्याली हाइड्रोपावर ३.६८, हिमालयन पावर पार्टनर ३.८१, एनआइबिएल प्रगति फण्ड ३.५८ र माथिल्लो तामाकोशीका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी