खनाल नेपाल समुहले भेला गरेमा विधान अनुसार कार्बाही गर्ने ओलीको चेतावनी

खनाल नेपाल समुहले भेला गरेमा विधान अनुसार कार्बाही गर्ने ओलीको चेतावनी

  • मङ्लबार, चैत्र ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोली खनाल नेपाल समुहले आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भए कार्बाही गर्ने चेतावनी दिएका छन् ।
बालुवाटारमा आज पार्टी केन्द्रीय सदस्यहरुका लागि आयोजना गरिएको चियापानमा बोल्दै ओलीले यस्तो चेतावनी दिएका हुन् ।
पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिए ।
हिजो धुम्बाराहीमा भएको दुई पक्षीय बैठकमा पनि भेला रोक्न ओलीले नेपाललाई आग्रह गरेका थिए ।
तर २८ गते ओली समुहको केन्द्रीय समितिको नाममा भएको भेलाले गरेका निर्णयहरु खारेज भएमा मात्र रोक्ने बताएका थिए । ओली सो निर्णय फिर्ता गर्ने पक्षमा छैनन् ।

नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन नजान सचेत गराउन चाहन्छु’, अध्यक्ष ओलीले भने ।
उनले नेपाल खनाललाई लक्षित गर्दै आवस्यक परे थप कदम चाल्ने चेतावनी पनि दिए ।
आफ्नो नीति कसैप्रति पनि लाचार र रिस बैभवको भावना नरहेको भन्दै गलत गर्नेलाई कुनै पनि हालतमा नछाडिने बताए । चियापानमा ओली समुहका केन्द्रीय सदस्यहरु सहभागी छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ