सर्वोच्च अदालतले पुनस्थापित गरिदिए पछि शुरु भएको संसदले अहिले सम्म बिजनेश पाउन सकेको छैन । पहिलो पटक फागुण २३ मा बसेको बैठकमा शुरुमै प्रचण्ड माधव कुमार नेपालहरुले बहिष्कार गरेका थिए ।
उनीहरु हिँडे लगत्तै काँग्रेस र जसपाले सदनमा नाराबाजी र रोष्टम घेराउ गरे पछि अध्यादेश ल्याउने कार्यसूची रोकिएको थियो । सो दिन संसद भवन पुगेर पनि प्रधानमन्त्री बैठकमा नबसी फर्किएका थिए ।
आज पनि संसदको बैठकमा कार्यसूचीमा केवल शोक प्रस्ताव मात्रै राखिएको छ । मंगलबारको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्र उल्लेख छ। २०७० सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके २ बाट यादव निर्वाचित भएका थिए । २०७७ माघमा यादवको निधन भएको थियो ।
सरकारले आधा दर्जन बढी अध्यादेश पेश गर्ने प्रयास गरे पनि काँग्रेस र जसपाको बिरोधका कारण रोकिएकाले अब फेरी अध्यादेश ल्याउने बिषयमा तयारी गरेको देखिदैन ।