शहीद स्मारक ‘सी’ डिभिजन लिग: मनोहरा विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिग: मनोहरा विजयी

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ, २ चैत । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेड विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको १९औँ मिनेटमा मनोहराका लागि प्रकाश सिंहले पहिलो गोल गर्नुभएको थियो । खेलको २२औँ मिनेटमा विनय खड्काले गोल गर्दै मनोहरालाई २–० को अवस्थामा पु¥याउनुभयो ।

यस्तै खेलको २७औँ मिनेटमा राम ढकालले महावीर क्लबका लागि पहिलो गोल गर्नुभयो । यस्तै खेलको ५४औँ मिनेटमा महावीरका गोलकिपर आमोस टुडुले रातो कार्ड पाउनुभयो । त्यसपछि महावीर १० खेलाडीमा सीमित बन्न पुग्यो । यसैगरी खेलको ८१औँ मिनेटमा महावीरका लागि रोमन तामाङले गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याउनुभयो ।

यसैगरी खेलको ८७औँ मिनेटमा मनोहराका लागि सुनिल लामाले गोल गर्दै आफ्नो टोलीलाई जीत दिलाउनुभयो । जीतसँगै मनोहोराले तीन अङ्क जोडेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ