अनुमति नलिइ भुक्तानी सेवा प्रदायकको काम गर्नेलाई कारवाही

अनुमति नलिइ भुक्तानी सेवा प्रदायकको काम गर्नेलाई कारवाही

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

नेपाल राष्ट्र बैंकले अनुमति नै नलिइकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोवार नगर्न नगराउन निर्देशन दिएको छ । त्यस्ता सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउनेसमेत केन्द्रीय बैंकले जनाएको छ ।

केही सेवा प्रदायकले अनुमति नै नलिइकन कारोवार गरेको पाइएपछि राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी अवैध काम नगर्न तथा नगराउन आग्रह गरेको हो । केन्द्रीय बैंकको सूचनामा भनिएको छ, “यस बैंकबाट अनुमतिपत्र नलिइ भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनु गैरकानूनी र दण्डनीय हुने भएकाले अनुमतिप्राप्त संस्थामार्फत मात्र विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”

अनुमति नै नलिइ अनलाइन पेमेन्ट प्लेटफर्म सञ्चालन गर्ने तथा टप अप सेवा, अनलाइन पेमेन्टलगायतका भुक्तानीसम्बन्धी कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त सूचना जारी गरिएको भुक्तानी प्रणाली विभागले जनाएको छ । केन्द्रीय बैंकले हालसम्म १० कम्पनीलाई भुक्तानी प्रणाली सञ्चालन र २३ कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनमुति दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ