नमोबुद्धमा महिलाका लागि स्कुटर ड्राइभिङ तालिम

नमोबुद्धमा महिलाका लागि स्कुटर ड्राइभिङ तालिम

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकामा महिलाहरुका लागि लक्षित गर्दै स्कुटर ड्राइभिङ तालिम सञ्चालन गरिएको छ ।
नमोबुद्ध नगरपालिकाको आयोजनामा आज सोमबारदेखि सुरु भएको तालिमको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमममा नगर प्रमुख तिमल्सिनाले स्कुटर सिकेपछि लाइसेन्स प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने प्रतिवद्धता जनाए । महिला सशक्तिकरणमा नमोबुद्ध नगरपालिका अग्रस्थानमा रहेको भन्दै उनले ११ वटा वडामै सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । नगरपालिकाले महिलाका लागि लक्षित गर्दै सीपमुलक तालिम, लोकसेवा तयारी कक्षाहरु सञ्चालन गरेको जानकारी दिँदै उनले महिलालाई उद्यमी र आत्मनिर्भर बनाउन नगरपालिका क्रियाशिल रहेको बताए ।
कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतमा पूर्वाधार निर्माणको काम अघि बढाइएकोमा अब सीप विकासमा नगरपालिकाले जोड दिएको बताइन् । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्रत्येक बर्ष महिला सशक्तिकरणको क्षेत्रमा बजेट वृद्धि गर्दै लगिएको उनको भनाई थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले महिला घरबाहिर महिलाको जति बढी संलग्नता हुन्छ त्यति धेरै क्षमताको विकास हुने बताए । सीप विकाससँगै महिलामाथि हुँदै आएको हेपाईमा कमी आउने पौडेलले बताए । नगरपालिकाले महिला सशक्तिकरणमा विशेष जोड दिएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए ।
तालिममा नगरपालिकाका महिला जनप्रतिनिधि र महिला संस्थाका प्रतिनिधिसहित ४२ जनाको सहभागिता रहेको छ । तालिम यही चैत १६ गतेसम्म सञ्चालन हुने नमोबुद्ध नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ