ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ

ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

मोरङ, चैत्र-०२ गते । भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ ।
ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा -१ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग (UMANGA) लेखिएको ३०० मिली ग्रामको ५७ काटुन, पलपल (PALPAL) लेखिएको ३०० मिली ग्रामको ४० काटुन, सोफीका (SOFKA) लेखिएको ३०० मिली ग्रामको ३७ काटुन, हरपल (HARPAL) लेखिएको ३०० मिली ग्रामको १५२ काटुन र ३०० मिलीग्रामको खुल्ला १९९५ बोतल मदिरा बरामद गरेको हो ।
उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारितय नम्बर प्लेटको WB.20 Z.1087 नम्बरको कार र ४ वटा मोटरसाईकल सहित निज शिबलाल रायलाई पक्राउ गरिएको हो । पक्राउ परेका रायको  सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ