पार्टी बिभाजन पनि कार्यकर्तामा हर्षोउल्लास देखियो : स्वरुप सुयाल

पार्टी बिभाजन पनि कार्यकर्तामा हर्षोउल्लास देखियो : स्वरुप सुयाल

  • आइतवार, चैत्र १, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

चितवनर अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य एवं नेकपा एमालेका युवानेता स्वरुप सुयालले नेकपा बिभाजनले लाखौं कार्यकर्तामा पीडा भन्दापनी हर्षोउल्लास देखिएको बताएका छन।गौरवशाली पार्टी नेकपा एमाले फिर्ता पाउनु आफुहरुको निम्ति मात्रै नभइ नेपाली कम्युनिस्ट आन्दोलनमा हर्षोउल्लास र सुखद घटना भएको कुरा बताए।पुनर्स्थापित नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीले आज पार्टी कार्यालय मदननगर भरतपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विद्यार्थी नेता सुयालले उक्त बिचार राखेका हुन।टोल टोलमा क्रियाशील संगठन संरचना,जुझारु नेता तथा कार्यकर्ता,अनुशासित संगठन प्रणाली जस्ता नेकपा एमालेको ऐतिहासिक संगठन पार्टी एकताको नाममा नेकपा बनेपछि गुमाउनु परेको स्मरण गर्दै नेता सुयालले आफुले यो एकता लामो समय नजाने कुरा त्यतिबेला नै भनेको बताए।तत्कालीन नेकपा एमाले र माओवादी बिचको एकता बिचार,सिद्धान्त र दृष्टिकोणमा समरुपता भएर एकता नै नभएको केवल ६०(४० प्रतिशत सांसद पदको भागबन्डाले एकता भएको हो।यसरी त कम्युनिस्ट पार्टीहरुको एकता नै हुन नसक्ने थियो तर हामिले गर्‍यौं र आजको बिभाजन हुनु अन्याय नभएको कुरा बताए।तत्कालीन समयमा पार्टी एकताको निमित्त कार्यकर्तामा मनोबिज्ञान नै नबनेको अवस्था एक्कासि राष्ट्रिय सभागृहबाट एकता लादिएको दर्शाउदै नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक बिरासत बोकेको नेकपा९एमाले० र सुर्य चिन्ह फिर्ता पाउनु एमाले निर्माणमा दुख गरेका रगत पसिना बगाएका कार्यकर्तालाई अत्यन्तै खुसीको कुरा भएको समेत बताए।
अब पार्टी किन बिभाजन हुनुपर्‍यो,मुलुकको बिकास र समृद्धि किन बाधा निम्त्याएको छ र पुनर्गठित एमालेमा किन गोलबद्ध हुने भन्ने सन्दर्भमा युवा विद्यार्थीहरुले भ्रमहरु चिर्नुपर्ने कुरा बताउनुभयो।टुट फुट र बिभाजन नेपाली कम्युनिस्ट आन्दोलनकै इतिहास मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादको सहि बिचार र हिजोको जुझारु संगठनलाई फेरि बिउँताएर नेकपा एमालेबाट नै मुलुकको अनि युवा विद्यार्थीको भविस्य निर्माण हुने उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ